१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लुम्बिनीमा आतिथ्य सेवा सुधार्न युवालाई तालिम



लुम्बिनी । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न आतिथ्य सेवा सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग एवम लुम्बिनी होटल संघको समन्वयमा सञ्चालन गरिएको ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिमको समापन कार्यक्रमका सहभागीले उच्चस्तरीय आतिथ्य र ग्राहक सेवाले लुम्बिनीलाई विश्वभरको पर्यटक र बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने उल्लेख गरे ।

तालिमको समापन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायका डिन डा.माणिकरत्न शाक्यले लुम्बिनीजस्तो ऐतिहासिक र धार्मिक गन्तव्यमा सेवा-संस्कृति र व्यावसायिक व्यवहारको स्तर उकास्न  तालिम आयोजना गरिएको बताए । पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरूमा ग्राहक-मैत्री व्यवहार, सांस्कृतिक संवेदनशीलता, गुणस्तरीय सेवाका साथै पेशागत आचरणमा सुधार ल्याउन तालिम फलदायी हुने उनले बिश्वास ब्यक्त गरे ।

विश्वविद्यालयले शिक्षण-अध्ययनका साथै व्यवहारिक सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्न थालेको जनाउदै केवल पुस्तकमा सीमित नभई व्यवहारमा प्रयोग हुने ज्ञान नै वास्तविक शिक्षा भएको स्पष्ट पारे ।  उनले यस्ता तालिमले विद्यार्थी र स्थानीय समुदायलाई आत्मनिर्भर र सीपयुक्त बनाउन मद्दत पुर्‍याउने उल्लेख गरे ।

कार्यक्रममा विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्लेले लुम्बिनीको पर्यटन प्रवर्द्धन बिश्व बिद्यालयको पनि दायित्व भएको बताए । उनले  संसारका मानिसको ध्यान खिच्ने खालको असल सस्कृती र सस्कार निर्माण गर्नुपर्ने उल्लेख गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका योजना तथा मुल्यांकन महाशाखाका निर्देशक डा.कुल प्रसाद खनालले लुम्बिनी विश्वको शान्ति र बौद्ध दर्शनको प्रतीक भएकाले यसलाई विश्वस्तरीय पर्यटक गन्तव्यका रूपमा स्थापित गर्न गुणस्तरीय सेवा, सभ्य व्यवहार र पेशागत दक्षता अत्यावश्यक रहेकोमा जोड दिए ।

विश्वविद्यालयले शैक्षिक कार्यक्रमसँगै व्यावसायिक सीप विकासलाई पनि प्राथमिकता दिएको बताउदै यस्ता तालिमले विश्वविद्यालय, समुदाय र पर्यटन क्षेत्रबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लुम्बिनी विश्वशान्ति क्षेत्र मात्र नभई अतिथ्य र सेवा संस्कृतिको केन्द्र बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय युवा र पर्यटन व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीप सम्पन्न बनाउन मद्दत गर्ने बताइन् ।

उनले लुम्बिनीको पहिचानलाई विश्वव्यापी बनाउन शैक्षिक संस्था, स्थानीय सरकार, र पर्यटन व्यवसायीबीचको सहकार्य अत्यावश्यक रहेकोमा जोड दिइन । ५ दिने तालिममा लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक कुल प्रसाद खनाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतम, लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राई, पुरातत्वविद वसन्त विडारी, उपप्राध्यापक डा. श्री प्रसाद भट्टराई, पर्यटनविद् हेम बहादुर बिष्ट र राजेन्द्र पौडेलले विभिन्न सत्रहरूमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, सहभागीहरू प्रदिप गिरि र जस्मिन कुमालले  तालिमले आत्मविश्वास, व्यवहारिक ज्ञान र सेवा संस्कृतिप्रतिको प्रतिबद्धता बढाएको अनुभव व्यक्त गरे । तालिममा लुम्बिनी क्षेत्रका ३० जना युवाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : १७ बजे

लुम्बिनी प्रदेशमा मन्त्रालय पुनःसंरचना, १२ बाट ९ मन्त्रालयमा सीमित

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै