३१ श्रावण २०८३, आइतबार | August 16, 2026

६ बुँदे घोषणासहित अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

ऐतिहासिक बौद्ध व्यक्तित्वको अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणा



लुम्बिनी । बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पु¥याउने महान् व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा जारी ‘वान बेल्ड वान रोड’ नेपाल-चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न भएको छ ।

६ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानमा कार्य गर्ने प्रतिवद्धता जनाइएको छ । बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्री बारे अनुसन्धान र प्रवद्र्धनमा विशेष जोड दिने घोषणा गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र चीन संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रुपमा घोषणापत्र जारी गरे । प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणको अवसरमा भएको सम्झौता र धारणा बमोजिम दुई देशको सम्बन्धलाई सुदृढ बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

बौद्ध अध्ययन, पुरातत्व र संस्कृतिको संरक्षणमा प्राज्ञिक अनुसन्धान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा फासियान ह्वेनसाङ्ग छात्रवृत्ति स्थापना गर्ने घोषणा भएको छ । सो कोषका लागि चिनिया पक्षबाट ३८ लाख हस्तान्तरण समेत भएको हो ।

लुम्बिनीको महत्वलाई मध्यनजर गर्दै बौद्ध कुटनीति र पर्यटन विकासमा जोड दिने घोषणा पत्रमा उल्लेख गरिएको छ । प्राचिक बौद्ध सम्पदाहरुको संरक्षण र प्रवद्र्धनका गर्दै बौद्ध परम्परागत चिकित्सा पद्धतिको विकास र सम्बद्र्धन गर्ने सेमिनारले निचोड निकालेको छ । ‘वान बेल्ड वान रोड’ को आधारमा बौद्ध कला र संस्कृतिमा गहन शैक्षिक र सांस्कृति आदानप्रदान गर्ने घोषणा समेत गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो ।

सेमिनारमा दुई दिनमा ४० वटा कार्यपत्र प्रस्तुत भएका छन् । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत भएको संयोजक डा. सागर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ३८ बजे

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा