३० बैशाख २०८१, आइतबार | May 12, 2024

सप्तरीमा डिजे बन्द गर्न माग



सप्तरी । सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन् ।राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे ।

पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य हुन थालेकोले डिजे अविलम्ब बन्द गर्न माग गरेका हुन् । उनले डिजेको साउन्डले मुटुको धड्कन बढाउँदै व्यक्तिको ज्यानसमेत लिन सक्ने भएकोले यसलाई तत्काल नर‍ोके दुर्घटना हुन सक्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केही दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै उनले पनि डिजे बन्द गर्न माग गरे । डिजे बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै उनले अविलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए । यसबारेमा छिट्टै निर्णय गर्ने जानकारी समेत दिए ।

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ४५ बजे

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।