२३ असार २०८३, मंगलबार | July 7, 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहले आफुलाई विश्वासको मत मागेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४१ मत परेको छ भने विपक्षमा ११ मत परेको सभामुख भीमबहादुर भण्डारीले जनाएका छन् । ५३ सदस्यीय प्रदेशसभामा शाहले ४१ मत पाएका छन् । यो दुई तिहाई बढी मत हो । मतदानमा ५२ जना उपस्थित भएका थिए ।

यसअघि प्याकेजमा मन्त्रिपरिषद् गठन हुनुपर्ने र आलोपालो मुख्यमन्त्रीको लिखित सहमति हुनुपर्ने माग राख्दै माओवादी केन्द्रले विश्वासको मत दिन अस्वीकार गरेको थियो । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी विश्वासको मत दिन निर्देशन दिएका थिए ।

सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने आजै निर्णय गरेको थियो ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । फागुन २६ गते प्रदेश सभामा उनले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल नै अस्वीकृत भएको थियो ।

शाह गत माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ०६ बजे

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज