१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई, प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह



काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।

सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई पनि भेटेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ३० बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा