२७ असार २०८३, शनिबार | July 11, 2026

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित



भैरहवा । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औं साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदान प्रक्रियाका लागि २ हजार १ सय ९३ जना मतदाता रहे पनि १ हजार ८ सय २८ मतदान भएको थियो । ४२० मतान्तरले विजयी बनेका श्रेष्ठको प्रतिद्वन्द्वीको रुपमा विजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

२९ पदका लागि ४६ जना उम्मेदवार रहे पनि केही पदबाहेक सबै पदमा मतदान भएको थियो । पदाधिकारी तर्फ  संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, वाणिज्य तर्फको उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्ष तर्फ दिलीप कुमार कान्दु,  महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्वाचित भएका छन् ।

कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने  र कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ३१ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका