२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बालुवाटारमा आठ राजनीतिक दलको बैठक जारी



काठमाडौं । आठ राजनीतिक दलको बैठक बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता समर्थक आठ दलको बैठक बसेको हो ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई साझा उम्मदेवार बनाएका आठ दलले उपराष्ट्रति निर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरिसकेका छन् । तर, दलहरुबीच मन्त्रिपरिषद् विस्तारको विषय भने पेचिलो बनेको छ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा थापा सहभागी छन् । यसैगरी, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी छन् । यस्तै, जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ५५ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि