२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सरकार बोल्यो : मुस्ताङमा विश्वविद्यालय खोल्न थालेको भन्ने कुरा तथ्यहीन र भ्रमपूर्ण



काठमाडौं । सरकारले मुस्ताङमा भारतले विश्वविद्यालय खोल्न थालेको भन्ने कुरा तथ्यहीन र भ्रमपूर्ण भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको तथा नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न पारेकी हुन् ।

कान्तिपुर दैनिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा सरकारले विश्वविद्यालय खोल्न थालेको भन्दै अभिव्यक्ति दिएका थिए ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति सरकारले आपत्ति समेत जनाएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने प्रवक्ता शर्माले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले राजदूतावाससँग विश्वविद्यालय माग गरेको भन्ने गाउँपालिका भने नेकपा एमालेकै नेतृत्वमा रहेको छ । गत स्थानीयतह निर्वाचनमा एमालेका रिङजीन नामगेल गुरुङले सो गाउँपालिकाका अध्यक्षमा विजयी भएका थिए ।

‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’ विज्ञप्तिमा भनिएको छ

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ०६ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन