२७ असार २०८३, शनिबार | July 12, 2026

झारफुकको बहानामा १४ वर्षिया किशोरीको हत्या



बुटवल । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरि १४ वर्षीया बालिकाको हत्या गरिएको छ । झारफुकको क्रममा बालिकाको मृत्यु भएपछि रातारात दाहसंस्कार गरिएपनि प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झारफुक भन्दै कुटपिट गरेर हत्या गर्ने सैनामैना-१० बस्ने २२ वर्षीया सोनिया रेश्मी रहेकी छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो । झारफुकका क्रममा कुटेर सोही ठाउकी १४ वर्षीया सिता ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी खुल्यो घटनाको रहश्य :
सामाजिक सञ्जाल फेसबुकमा मा फागुनको २१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढेर हातमा घण्टी बजाउदै गालामा थप्पड हान्दै गरेको भिडियो प्रहरीले देख्यो । उक्त भिडियोमा ‘आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस’ भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको देखिन्थ्यो ।

उक्त भिडियो देखेलगत्तै ईकाल प्रहरी कार्यालय सालझण्डीले उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान सुरु गर्यो । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टोलीले भिडियोको आधारमा अनुसन्धान गर्दा झारफुक गर्ने युवतीलाई पक्राउ गर्न पुग्यो । उनीसँगै बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुग्यो । परिवारसँग बुझ्दा बिगत ४र५ दिनदेखि सिता कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएकोमा परिवारले सोही दिनको रातीनै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसस्कार गरेका मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरीले जनाएको छ । मृतक सिता ज्ञवालीलाई दाहसस्कारको लागि जादा र दाहसस्कार गरी फर्किदाको पुर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सिसिटिभिहरुको फुटेज समेत देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अयौलले बताए ।

आरोपित माता भनिने सोनिकालाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ४३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका