३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

तिलोत्तमाको नियमित सरसफाई अभियानको १०० औं संस्करण चैत १ गते हुँदै



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं संस्करण सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करणलाई एक साता अघिदेखि नै फागुन २५ गतेदेखि सप्ताह मनाउने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यक्रम बारे जानकारी गराएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । यसैगरी फागुन २८ गते सामुदायिक/संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।

शृङ्खलाको १ सयौं दिन चैत्र १ गते मुल समारोहसहित भव्यताकासाथ कार्यक्रम गरिने तिलोत्तमाकी उप प्रमुख जगेश्वर देवी चौधरीले बताइन् । मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी वयक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै तिलोत्तमालाई नो हर्न नगर घोषणा गरिने र नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने चौधरीले जानकारी दिइन् ।

तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौं दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।

बुधबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिए । यसैगरी छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने उनले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ३३ बजे

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी