३ पुस २०८२, बिहिबार | December 18, 2025

सैनामैनामा हत्या प्रकरण : हत्यामा संलग्न ३ जना पक्राउ, मृतकको अझै पहिचान खुलेन



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार राती एक युवाको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका ३ युवालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान बारे जानकारी गराउँदै उनीहरुलाई विहिबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा सैनामैना नगरपालिका–२ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना–२ बस्ने ध्रुब बिसी र नवलपरासी बर्दघाट घर भई हाल सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरा रहेका छन् । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेपनि मृतक युवाको भने हालसम्म पहिचान खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

आरोपितहरुको प्रारम्भिक बयान अनुसार ढुङ्गाले हानेर युवाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनामा युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको थियो ।

मेलामा भेटिएका साथीले नै गरे हत्या
मंगलबार तराईमा होलीको रमाईलो थियो । नाचगान गर्ने युवाहरु एक आपमा रङ दलेर मित्रता गाँस्ने कार्यक्रम सैनामैनामा चलिरहेको थियो । २ जना युवाहरु (मृतक र आरोपित ध्रुव बिसी) सैनामैनामा जारी मेलामा घुमफिर गर्ने क्रममा भेट हुन्छन् । मेलामै चिनजान गरेका उनीहरु साँझपख मेलाबाट निस्किएर नास्ता खान भन्दै स्थानीय एक होटलतर्फ लाग्छन् ।

नजीकै रहेको सैनामैना–२ कालिचोक स्थित कोशेली रेष्टुरेन्टमा ती दुई युवाहरु नास्ता खानका लागि पुग्छन् । यसअघि नै आरोपित ध्रुबका २ साथीहरु भने उक्त होटलमा पुगिसकेका हुन्छन् । नास्ता खाने होटलमा भेट भएका ४ जना युवाहरु उक्त दिन मध्यरातसम्म सोही होटलमा मदिरा पिएर बस्छन् । मध्यरातपछि होटल बन्द हुने समय भएपछि ती युवाहरु मध्येका मृतक युवाले नै होटलको बिल तिरेर त्यहाँबाट निस्किन्छन् ।

प्रहरी स्रोतका अनुसार घटना हुनेकारण मृतकसंग नगद भएको र उक्त नगद लुट्ने योजनामा युवकको हत्या भएको पाइएको हो । होटलमा केही बिवाद भएपछि ३ जना मिलेर हत्या गर्ने उद्देश्य सहित होटलभन्दामाथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको भोलिपल्ट बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि ईलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) लाई खबर गरेका थिए । खबरपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको रगत समेत धेरै बगेको देखिएपछि हत्या हुन सक्ने भन्दै दोषिलाई प्रक्राउ गर्न घटनास्थलमा तालिम प्राप्त कुुकुर परिचलन गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन