२८ असार २०८३, आइतबार | July 12, 2026

‘प्रेमा’को ट्रेलर सार्वजनिक



काठमाडौं । आगामी १७ चैत १७ मा  रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको हो । ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ । दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ ।

ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ । घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्बिर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ ।

ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा दर्शकमा केही कौतुहलता पैदा गर्छ ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

फिल्म ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ३३ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै