१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक



दोधारा चाँदनी । पछिल्लो समय कञ्चनपुरका घरबास ९होमस्टे० मा पाहुनाको भीड बढ्दैछ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन् ।

यहाँको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए ।

“कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्”, उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ । “होटेलमा महँगो र हो-हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्”, रानाले भने, “विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका छौँ ।”

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । उनले अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने समय भएकाले पनि पाहुना बढी आउने गरेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए । “राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, रानाले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।”

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचार भएको उनको भनाइ छ । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरुले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उनले भने, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा बढेको छ ।” अचेल शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । माघमा तीन सय र पुसमा ५ सय बढीले निकुञ्ज भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले