२८ असार २०८३, आइतबार | July 12, 2026

एक शिक्षकको भरमा विद्यालय



ढोरपाटन । वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ ।

विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएका छन । एक महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त भए । अर्का एक शिक्षिकाले विवाह गरिन । त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो । विद्यालयमा १९ विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । हाल कक्षा एक, दुई र पाँचमा पढाइ हुँन्छ । कक्षा एकमा १०, कक्षा दुईमा पाँच र कक्षा पाँचमा चार विद्यार्थी अध्ययनरत छन् ।

तीन वटा कक्षाका विद्यार्थीलाई पठनपाठन एक्लै गराउँदा समस्या भएको शिक्षिका थापा बताउछन । विद्यालयमा अझै दुई÷तीन जना शिक्षकको आवश्यकता छ । “एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालयनै बन्द हुन्छ, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु”, शिक्षिका थापाले भने, “प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ती दुई दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन ।” शिक्षिका थापाले अहिले विद्यार्थीलाई बहुकक्षा शिक्षा प्रणालीअनुसार अध्यापन गराइरहेकी छिन ।

कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन बढ्दो बसाइँसराइले गाउँनै सुनसान बनेको छ । विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै अध्यापन गराउँदै आएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तबल दिने गरी राखेको हो ।

गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा दुई स्थायी शिक्षक आउने जानकारी दिए । तर, कहिले आउने यकिन नभएको उनको भनाइ छ । सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताए । नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ४० बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै