२८ असार २०८३, आइतबार | July 12, 2026

उपराष्ट्रपतिको उम्मेदवार छान्न बालुवाटारमा गठबन्धनको बैठक



काठमाडौं । काठमाडौं । उपराष्ट्रपतिको विषयमा सहमति गर्न गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच छलफल भैरहेको छ ।

बैठकले गठबन्धनबाट उपराष्ट्रपतिको उमेदवार कसलाई बनाउने निर्णय गर्नेछ । गठबन्धनभित्रका दलहरुबाट फरकफरक उम्मेदवार घोषणा भएपछि बैठकले साझा उम्मेदवारको खोजी गर्न बैठक बसेको हो । उपराष्ट्रपति पदमा गठबन्धनभित्रका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन्।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन दलहरूले आपत्ती जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ५८ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै