६ पुस २०८२, आइतबार | December 21, 2025

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग



काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक-२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ ।

आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको समितिले जनाएको छ । समितिका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान जारी भएको झण्डै आठ वर्ष हुँदासमेत नागरिकतासम्बन्धी विवाद टुङ्गोमा नपुगेको उल्लेख गर्दै नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन समस्याको भएको गुनासो गरे । उनले भने, “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको नागरिकता विधयेक पारित नगर्नु संविधानविपरीत छ ।”

नागरिकता नभएकै कारण लाखौँ नेपाली उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनुपरेको उनले बताए । समितिका सदस्य उत्तम कुमारले कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन भनी नेपालको संविधानमा प्रष्ट लेखिएको अवस्थामासमेत आफूहरुले दुःख झेलिरहनुपरेको गुनासो गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : ४७ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या