४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् ।

तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।

सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ-संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले सहभागिता जनाएका थिए । तिलोत्तमा नगरपालिकाले सरसफाईलाई नगरबासीको जीवन पद्धतिसँग जोड्नेगरी अभियान सञ्चालन गरेको छ ।

आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्नेगरी नगरबासीमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन । ‘एक जनाले गरेको फोहोर अर्कोले टिपेर स्थायी समाधान हुँदैन । यसका लागि हरेक व्यक्तिमा आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास हुनुपर्छ ।’ उनले भनिन, ‘हाम्रा कार्यक्रमहरु अब त्यसतर्फ केन्द्रीत हुनेछन् ।’

वडा नं. ७ को भलबारी चोकमा सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख खाणले सरसफाईलाई संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवद्र्धन र सरसफाईका कार्यक्रमहरु अघि बढाइने उल्लेख गरे । उनले तिलोत्तमालाई शहरको जस्तो भौतिक पूर्वाधार विकास र गाउँको जस्तो सामाजिक सद्भाव कायम राख्नेगरी विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै उपप्रमुख चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन । त्यस अवसरमा अभियानका संयोजक सुरेन्द्र श्री, नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेल, समाजसेवी गंगा शाही, नगरपालिकाको वातावरण शाखाका गोरखनाथ खनाललगायले नगरपालिकाको अभियानको बारेमा बोलेका थिए ।

यसैबीच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शनिबार नगरपालिकामा रक्तदान कार्यक्रम समेत भएको छ । त्यसअवसरमा ६३ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा नगरपालिकामा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था, टोल विकास संस्थाले सहभागिता जनाएका थिए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : २४ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको