४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तेस्रो तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता : वडा नम्बर ८ र १० फाईनलमा भिडने



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ८ र वडा नम्बर १० भिडने भएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजना र मणिमुकुन्द भलिबल प्रतियोगिताको सम्योजनमा संचालक भएको प्रतियोगितामा वडा नम्बर ८ र १० फाइनलमा भिडने भएको हो ।

प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नम्बर १० र वडा नम्बर ७ बिच भएको खेलमा वडा नम्बर १० जय भएको छ ।

यो जित सँगै वडा नम्बर १० फाईनल प्रवेश गरेको छ । वडा नम्बर २ र वडा ८ बिच भएको खेलमा बडा नम्बर ८ विजय भएको छ । यो सँगै आईतबार हुने फाईनल खेलमा वडा नम्बर ८ र वडा नम्बर १० बिच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।

तेस्रो स्थानका लागी वडा नम्बर दुई र वडा नम्बर सात बिच हुने आयोजकले जनाएको छ । नगर भित्रका खेलाडीहरुको खेल प्रदर्शन र्गने अबसरका रुपमा सहेत यो खेललाई लिने गरिएको छ । स्थानिय बडा भित्र थाई रुपमा बसोबास गर्ने खेलाडी खेलमा सहभागी हुने भएकाले वडामा रहेका खेलाडी भाईहरुको भलिबल खेल प्रदर्शन हेन लाएक रहेको क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार कप मेडल प्रमाणपत्र पाउने छन भने द्रोस्रो हुनेले नगद ४० हजर कप मेडल प्रकाणपत्र पाउने छन तेस्रो हुनेले नगद २५ हजार कज मेडल प्रमाणपत्र पाउने छन भने अन्तिम चारमा प्रनेले नगद १५ हजार कप मेडल पाउने आयोजक सस्थाका निबतमान अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा तिलोतमा नगरपालिकाका १० वटा वडाहरुका खेलाडीले भाग लिएका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ०८ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको