२८ असार २०८३, आइतबार | July 12, 2026

लुम्बिनीमा प्रव्रज्या शुरु



लुम्बिनी । बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या (अल्पकालिन भिक्षु) शुरु गरेका हुन ।

उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको सहभागिता रहेको थियो । शनिबार काठमाडौंमा प्रव्रज्या गरिएको थियो ।

काठमाडौं र लुम्बिनीमा गरि ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । अगामि चैत्र २ गते बुद्ध जन्मभूमि लुम्बिनी स्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रवज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन चैत्र १७ गते हुने भएको जनाइएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : २० बजे

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको