२८ असार २०८३, आइतबार | July 12, 2026

प्रविधिमैत्री प्रयोगशाला



तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उनको भनाई छ । “विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे”, उनले भने, “अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।”

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : २४ बजे

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी