२१ भदौ २०८३, आइतबार | September 7, 2026

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि



क्वालालम्पुर । मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप-क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।

यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ ।

यद्यपि, गत बर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो ।

सोमबार मलेसियाको १ रिङ्गिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त