९ माघ २०८२, शुक्रबार | January 23, 2026

लोपोन्मुख डङ्गर प्रजातिको गिद्ध मृत फेला



कावासोती । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती-३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए । “गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ” उनले भने, “स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

गिद्ध मर्नको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगी अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिए ।

गिद्ध मरेको ठाउँ नजिकै सिमलको रुखमा गिद्धका गुँड भएकाले थप गिद्धको मृत्यु भएको हुनसक्ने हुँदा खोजी थालिएको उनको भनाइ थियो । घटना भएको ठाउँ जिल्ला सदरमुकाम कावासोतीबाट करिब दुई किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : १९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा