१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बुटवलको द जंगस्ट्रोङ नेल आर्टले विदेश पठाउने नाममा लाखौं रकम ठगेको आरोप, पीडित पुगे प्रहरी कार्यालय



बुटवल । रुपन्देहीको देवदहकी दिपीका सापकोटा सुवेदीलाई केही सीप सिकेर स्वरोजगार बन्ने रहर जाग्यो । उनका श्रीमान भरत सुवेदीसँग पारिवारिक सल्लाहपछि कस्मेटिक तथा ब्युटिपार्लर सम्बन्धि सीप सिक्ने निधो गरिन् । सीप सिक्ने रहर गरेकी उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा आकर्षक विज्ञापन भेटिन । जुन विज्ञापनमा भनिए अनुसार उनी सीप सिकेको ६ महिनामै स्वरोजगार हुने र विदेश समेत जान पाउने उल्लेख गरिएको थियो ।

विज्ञापनको पछि लागेर दिपीका बुटवलको ‘द जंगस्ट्रोङ नेल आर्ट प्रा.ली.‘ मा आइपुगिन । ६ महिनाको कोर्ष उनले ५० हजार तिरेर सिक्न पाउने भइन् । श्रीमतीको सीप सिक्ने चाहनालाई हौसला दिँदै उनका श्रीमानले पनि सहमती जनाए । सहमती अनुसार सीप सिक्न लागको केही महिनामै थप रकम दिएमा रोजगारका लागि विदेश पनि पठाउन सकिने कम्पनीले आश्वासन दियो । उक्त आश्वासपछि उनीहरु सीप प्रयोग गरेर विदेश पनि जान पाउने भएपछि खुशी हुँदै प्रक्रियाका लागि लाग्ने ३ लाख ५० हजार बुझाउन राजी भए । गत वर्षको फागुन १८ गतेदेखि कम्पनीमा ५० हजार रकम तिरेर सीप सिक्दै आएकी दिपीकाले थप ३ लाख ५० हजार बुझाएर विदेश जान तयार भइन । तर, ६ महिना भित्रै विदेश पठाउछु भनेको कम्पनीले एक वर्ष बित्न लाग्दा पनि कुनै बास्ता नगरेपछि बल्ल आफू ठगिएको पत्तो पाइन । आफू ठगिएको महशुस भएपछि उनीसँगै विदेशको प्रलोभनमा परेका दिदीबहिनी तथा आफ्नो श्रीमानसहित मगलबार ईलाका प्रहरी कार्यालय बुटवलमा पुगेकी थिइन् ।

सीप सिकाएर विदेश पठाउने बहानामा काठमाडौंमा केन्द्रीय कार्यालय भई बुटवलमा शाखा कार्यालय रहेको ’द जंगस्ट्रोङ नेल आर्ट प्रा.लि.’ नामक एक कम्पनीले लाखौं रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । सीप सिकाएर विदेश पठाउने भन्दै लाखौं रकम असुली गरेर कम्पनीले बेवास्ता गर्न थालेपछि पीडितहरु प्रहरी समक्ष पुगेका हुन् ।

उक्त संस्थाले सीप सिकाएर ६ महिनामै विदेश पठाउने बहानामा प्रतिव्यक्ति ४ लाखसम्म असुली गरेको पीडितहरुले बताए । रोजगारका लागि दुबई पठाउने र प्रतिमहिना १ लाखसम्म पारिश्रमिक मिल्ने प्रलोभन देखाइएको पीडित मध्येकी मौसमी कार्कीले बताइन । सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन देखेपछि रोजगार पाउने आशामा बुटवलको कालिकानगर शाईबाबा पथ स्थित द जंगस्ट्रोङ नेल आर्टमा आउन लागेको उनी करिब एक वर्ष हुन लागेको छ । हालसम्म विभिन्न समयमा किस्ता किस्तागरी कन्सल्टेन्सीले ३ लाख २० हजार बढी रकम आफूबाट असुली गरेको पीडित कार्कीले बताइन । गत बैशाखदेखि कम्पनीमा धाउन लागेकी उनले तालिमका लागि तथा विदेश जाने प्रक्रियाका लागि भन्दै दिएको रकम बाहेक अन्य विभिन्न समयमा सेमिनार शुल्क समेत छुट्टै बुझाउने गरेको बताइन । प्रतिव्यक्ति २० हजारका दरले विभिन्न समयमा हुने सेमिनारमा छुट्टै शुल्क समेत उठाउने गरेको उनले गुनासो गरिन् ।

 

रुपन्देही सैनामैना बनकट्टाकी जुनु परियारले पनि प्रलोभनमा परी २ लाख ७५ हजार गुमाएको उल्लेख गरिन् । गत साउनदेखि कम्पनीमा जोडिएकी उनले पहिलो पटक २ लाख र त्यसपछि ५० हजार र २५ हजार गरि रकम बुझाएकी हुन् । उनीहरुसँगै आएका ७ जना महिलाहरुको समूहले आफूहरु बाहेक थुप्रै महिला दिदी-बहिनीहरु ठगिन पुगेको उल्लेख गरे । उनीहरुले प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ४ लाखसम्म बुझाएको उल्लेख गरे । उनीहरुसँग रहेका कती त पैसा डुबेपछि पैसा असुली नहुने भन्दै ऋण तिर्न भारततिर रोजगारका लागि लागेको उनीहरुले बताए । सीप सिकाउने भनेर रकम असुलेको कम्पनीले कुनै पनि सीप नसिकाएको तथा प्रमाणपत्र समेत उपलब्ध गराउन नमानेको गुनासो गरे ।

विदेश पठाउने भन्दै पटक-पटक काठमाडौं तथा बुटवलमै अन्तरवार्ता गराएर टार्ने काम गरिएको पीडितहरुको गुनासो छ । उनीहरुसँगै बुटवलमा थुप्रै महिलाहरु ठगिएको पीडितहरुले बताए । आफूहरु ठगिएको पत्तो पाएपछि पीडितहरुले आधा रकम भएपनि फिर्ता गर्न पाए हुन्थ्यो भन्नेमा पुगेको गुनासो पोखे ।

कम्पनीका बुटवल शाखाका प्रमुख विजेन्द्र मल्ल (किरण) ले भने तालिममा सहभागीहरुलाई विदेश पठाउनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ’सबै प्रक्रिया अन्तिम चरणमा पुगेको अवसरमा उहाहरुले एक्कासी पैसा फिर्ता माग्दै विदेश नजाने कुरा गर्नुभयो ।’- मल्लले भने, उहाहरुलाई तालिम प्रदान गरिरहेका छौ । विदेशका कम्पनीहरुमा रोजगारका लागि डकुमेन्टहरु पनि पठाउने काम भएको छ । अन्तरवार्ता समेत गराइसकेको अवस्थामा एक्कासी विदेश नजाने बताएपछि आफूहरु पनि अन्यौलमा रहेको उनले बताए । आफ्नो कम्पनी विदेश पठाउने भन्दा बढी तालिम प्रदान गर्ने भएकाले पहिले नै सम्झौता गरि तालिम प्रदान गरिएको कम्पनीका जेनरल म्यानेजर निरज जिरेलले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलमा ठगीमा परेको भन्दै पीडित भनिएकाहरुले जाहेरी दर्ता गराएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । समस्या समाधानका लागि आफूले मध्यस्तताको भूमिका निर्वाह गरेपनि यो विषय वैदेशिक रोजगार विभागसँग सम्बन्धित रहेको थापाले बताए । उनले पहिलो चरणमा दुवै पक्षलाई राखेर समधानको बाटो खोज्न आग्रह गरेपनि अहिलेसम्म यो विषयको टुंगो दुवै पक्षले नगरेको बताए । आपसी सहमतीमा हुन नसक्ने अवस्थामा आफ्नो कार्यालयले नभई वैदेशिक विभागले नै यसको समाधान निकाल्ने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ०० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका