२८ असार २०८३, आइतबार | July 12, 2026

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकप्रति मानवअधिकार राष्ट्रिय सञ्जालको विरोध



काठमाडौं । मानव अधिकार राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकप्रति विरोध जनाएको छ ।

गत १५ फागुनमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा पेस गरेको थियो । उक्त विधेयक दोषी उन्मुक्ति दिनेगरी ल्याइएको भन्दै सञ्जालले बुधबार विज्ञप्ति जारी गरेर विरोध जनाएको हो ।

अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानुनले पनि माफी मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याएको उसको आरोप छ ।

हत्या, यातना, व्यक्ति बेपत्ता पार्ने कार्य, बलात्कारजस्ता मानव अधिकार कानुन र मानवीय कानुनले समेत जघन्य ठहर गरेको अपराधलाई सामान्य मानव अधिकार उल्लंघनको घटनाको रूपमा व्याख्या गर्न सक्ने अवस्था सिर्जना गरी दोषीलाई वैधानिक उन्मुक्ति दिन खोजेको सञ्जालको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : २९ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको