१४ बैशाख २०८३, सोमबार | April 27, 2026

यूएईसँग पीएनजी ६ विकेटले पराजित



काठमाडाैं । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेकाे छ ।

पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए । आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए ।

६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन् । यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए । यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे ।

पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १-१ विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे ।

युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे । यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ । ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अत्य गर्‍यो । यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ ।

अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : १२ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ

एआईजी नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय