१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बढयो डिडिसिको दूधको मुल्य, उपभोक्तालाई अब ९० देखी १३० रुपैयाँसम्म



काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसि) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहिवार देखी लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो ।

निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन् ।  ‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार (आज) वाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा विक्रि गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाईएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ५८ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा