३ पुस २०८२, बिहिबार | December 19, 2025

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी



भैरहवा । लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले अब शनिबार हुने फाइनलमा वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि भिड्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको उच्च योगफल बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेल्दै १ सय १४ रनको योगदान दिए । यस्तै, निश्चल चौधरीले २६, साहब आलमले २४, संदीप रजालीले १३ र धिरज शाहीले १२ रन बनाए । बलिङमा तिरुपतिका तुलबहादुर थापाले ५, वीरेन्द्र मल्लले २, बसिर अहम्मद, विवेक यादव र संदीप मौर्यले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति २२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २२ रनमा समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहान र इकलाख वारिसले समान ३-३ तथा धिरज शाहीले २ विकेट लिए । तिरुपतिका नन्दलाल चाईले २८, तुलबहादुर थापाले २४, विवेक यादवले १८, बसिर अहम्मदले १४ र अमन गुप्ताले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । खेलमा लुम्बिनी खुकुरीका प्रज्वल थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको