१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देही सुपरलिग : स्टार १४६ रनले विजयी



भैरहवा । स्टार क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा बुटवल युथमाथि सहज जित निकालेको छ । स्टारले बुटवलाई १ सय ४६ रनले हराउँदै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरमा ३०.१ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ४३ रनको उच्च योगफल बनायो । उसका लागि आरिफ खाँनले ८८ रनको अर्धशतकीय पारी खेल्दा इरफान खाँनले ४०, अंकित बीएमले २४, सुभम खनालले अविजित ११ र रञ्जित मौर्यले १० रनको योगदान दिए । बलिङमा बुटवल युथका विनित अधिकारीले ३, अजय चौधरी र अनिल चौधरीले समान २-२ तथा प्रविण ढकालले १ विकेट हात पारे ।

२ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको बुटवल युथ ३८.२ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका सुभम खनालले ४, निरज मौर्य र सुभम पाण्डेले २-२ तथा आरिफ खाँन र पुरुषोत्तम भट्टराईले १-१ विकेट लिन सफल भए । बुटवलका राजिव परियारले १९, अजय चौधरीले १७, सोनु मल्लाहले १४, विनित अधिकारीले ११ र अभिषेक पटवाले १० रन बनाए । स्टारका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ३९ बजे

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।