१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ । शंकरनगरले साई ग्लोबललाई १ सय ६० रनले पराजित गर्दै सहज जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ४६ रनको बलियो योगफल बनायो । उसका लागि बलियो योगफल बनाउन महेन्द्र सुवेदी क्षेत्रीले ७८ बलको सामना गर्दै ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, दर्शन रानामगरले ३३, विवेक भण्डारीले २६, हिर्तिक पुनले २२ तथा सुलभ ढुंगानाले नटआउट ११ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका अलदीप क्षेत्रीले ४, राहुल थापा र अविजित ज्ञवालीले २-२ तथा अभिषेक कोहाँर र अब्दुल नदीम शेषले १–१ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको साई ग्लोबल २३ ओभर ५ बलमा ९६ रन बनाउँदै अलआउट भयो । उसलाई सस्तैमा रोक्न शंकरनगरका रुपेश बश्यालले ७.५ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ८ विकेट लिए । सुगरलिग इतिहासमा एउटै खेलमा कुनै खेलाडीले यति धेरै विकेट लिएको यो पहिलोटक हो । यस्तै, महेन्द्र सुवेदी क्षेत्रीले २ विकेट लिन सफल भए । साई ग्लोबलका राहुल थापाले ३५ र विन्दराम यादवले २१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा ८ विकेट लिएका शंकरनगरका रुपेश बश्याल म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ५० बजे

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको