२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ । शंकरनगरले साई ग्लोबललाई १ सय ६० रनले पराजित गर्दै सहज जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ४६ रनको बलियो योगफल बनायो । उसका लागि बलियो योगफल बनाउन महेन्द्र सुवेदी क्षेत्रीले ७८ बलको सामना गर्दै ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, दर्शन रानामगरले ३३, विवेक भण्डारीले २६, हिर्तिक पुनले २२ तथा सुलभ ढुंगानाले नटआउट ११ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका अलदीप क्षेत्रीले ४, राहुल थापा र अविजित ज्ञवालीले २-२ तथा अभिषेक कोहाँर र अब्दुल नदीम शेषले १–१ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको साई ग्लोबल २३ ओभर ५ बलमा ९६ रन बनाउँदै अलआउट भयो । उसलाई सस्तैमा रोक्न शंकरनगरका रुपेश बश्यालले ७.५ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ८ विकेट लिए । सुगरलिग इतिहासमा एउटै खेलमा कुनै खेलाडीले यति धेरै विकेट लिएको यो पहिलोटक हो । यस्तै, महेन्द्र सुवेदी क्षेत्रीले २ विकेट लिन सफल भए । साई ग्लोबलका राहुल थापाले ३५ र विन्दराम यादवले २१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा ८ विकेट लिएका शंकरनगरका रुपेश बश्याल म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ५० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा