६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल



बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ ।

छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् । उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले महिला स्वयंसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवासँग छलफल गरेको हो । सहभागी वक्ताहरूले बुटवल उपमहानगरलाई देशकै अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताए । उनले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताए ।

उनले महिला स्वयंसेविकाका समस्यालाई स्थानीयरूपमा समाधान गर्न सकिने र सङ्घ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताए । उनले सामुदायिक वन र पार्कलाई पर्यटकीयस्थल र विश्रामस्थलका रूपमा विकसित गर्दै जानुपर्ने पनि बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : २७ बजे

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक