२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आफैलाई भोट हालेपछि रामसहाय यादवले भने – गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ



काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार आफु भएको बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा आफैलाई मतदान गरेपछि बाहिर निस्कँदै गर्दा संचारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउने दाबी गरे । उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ ।’

यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताए । उनले भने, ‘संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ। म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।’

गठबन्धनकै एक दल जनमत पार्टीबाट ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छिन्।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ०७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि