६ पुस २०८२, आइतबार | December 21, 2025

उपराष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने



भक्तपुर । उपराष्ट्रपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेकाे हाे ।

एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए ।

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।  उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ०७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको