१२ बैशाख २०८१, बुधबार | April 24, 2024

स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै



भैरहवा । भैरहवामा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यानसरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।

भैरहवाको ओजस अस्पतालबाट स्तन क्यानसरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यानसरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिए ।

क्रमिक रुपमा स्तन क्यानसरका विरामीहरुको संख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुच नहुँदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।

चितवन, काठमाडौंलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्ता जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डाक्टर पाण्डेले भने ।

महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ ।  महिला भन्दा पुरुषको स्तन क्यानसर घातक मनिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ३८ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।