७ आश्विन २०८३, बुधबार | September 23, 2026

संक्रमणकालीन न्याय व्यवस्थापनका लागि राष्ट्रिय सहमति आवश्यक : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको औंल्याएका छन् ।

उनले शीतल निवासमा संघीय र प्रदेश सांसदहरुका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमती र एकताले मात्र संक्रमणकालीन न्यायको व्यवस्थापन हुन सक्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक उपलब्धिको रक्षाका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा दलहरुबीच सहमति हुनुपर्ने उनको भनाई छ ।

राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ चेतावनी दिँदै उनले मुलुकका सामु अहिले चुनौती रहेको उल्लेख गरे ।

उनले लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्ने भन्दै दलहरुलाई सचेत समेत गराएका छन् । बताउँदै यसतर्फ पनि सजग हुनेपर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ११ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज