२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यसमिति बैठक सम्पन्न

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को खारेजीको माग



काठमाडौं । राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासङ्घले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को खारेजीको मागसहित २० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

महासङ्घको हेटौँडामा सम्पन्न दुई दिने कार्यसमिति बैठकले सो घोषणापत्र जारी गरेको हो । बैठक पश्चात हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भारती पाठकले उक्त घोषणापत्रमा भएको मागसहित विषय वस्तुबारे जानकारी गराए । घोषणापत्रमा विभिन्न प्रदेश सरकारले सामुदायिक वनमा लगाउने गरेको वन पैदावार शुल्क तत्काल हटाउनुपर्ने तथा वन उपभोक्ता समूह गैरनाफामूलक सामाजिक संस्था भएकाले नेपाल सरकारबाट लगाइँदै आएको आयकर तत्काल खारेज गर्नुपर्ने माग छ ।

वन्यजन्तुको आक्रमणवाट धनजनको ठूलो क्षति भइरहेको र वन्यजन्तुको कारणले गाउँबाट उपभोक्ता विस्थापित हुने अवस्था सिर्जना भएकाले यसको व्यवस्थापन गर्नुपर्ने र क्षतिपूर्तिकोे व्यवस्था गर्नुपने घोषणापत्रमा उल्लेख गरिएको छ । सामुदायिक वन पैदावारको सङ्कलन, सदुपयोग र परिचालनमा लगाइएको अवरोध तत्काल हटाउनुपर्ने माग गरिएको छ ।

कुनै आधारविना सामुदायिक वनका काठलगायतका वन पैदावारको सङ्कलन, सदुपयोग र परिचालनमा प्रतिबन्ध लगाउने र ढालापडा रुख सङ्कलन गर्दा उपभोक्ता समूहका पदाधिकारीलाई मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने घोषणापत्रमा जनाइएको छ । सामुदायिक वनको माध्यमबाट चुरे संरक्षण गर्ने वातावरण सिर्जनाका लागि संरक्षण क्षेत्र खारेज गर्नुपर्ने, निकुञ्ज, आरक्ष, संरक्षण, वातावरण संरक्षण र मध्यवर्ती क्षेत्रमा स्थानीय समुदायको अधिकार सुनिश्चितताका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज हुनुपर्ने तथा त्यस्ता क्षेत्रमा मानवअधिकारको सम्मान र स्थानीय समुदायको पहँुच सुनिश्चित हुने गरी नयाँ कानुन बनाइनुपर्ने जनाइएको छ ।

सो बैठकले विसं २०८० को जेठ महिनाको ९ गतेदेखि ११ गतेसम्म काठमाडौँमा सातौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । अधिराज्यभर २२ हजार पाँच सय १६ वन उपभोक्ता समूह रहेको सो महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ५६ बजे

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट