६ श्रावण २०८३, बुधबार | July 22, 2026

छ दशमलव ९० अङ्कले घट्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् ।

आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अङ्कले घटेको छ ।

तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबारमा सानिमा ग्रोथ फन्डको आठ दशमलव ५६ र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ३३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ३ : ४९ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय