१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै सो पार्टीका अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेका छन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् ।

लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो । उनले अमेरिकी नागरिकता कायम रहकै अवस्थामा नेपालबाट राहदानी लिन सफल भएका थिए ।

आज बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ३५ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल