२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’



काठमाडौं । समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गरेका छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उनले जानकारी दिए । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ ।

एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए ।

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य-तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ रु लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भने । यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १२ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको