२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी



काठमाडौं । तपाईं हाम्रो जनजिब्रोमा झुण्डिइरहेका पर्ख पर्ख मायालु, पिरिम नलाउने, जुनको साथी तारा, रेवन चश्मा, लगायतका दर्जनौँ गीतका एरेन्जर हुन् नरेन्द्र वियोगी । प्युठानको गौमुखी  गाउँपालिकाका वियोगीको सिंहदरबार पूर्वी गेट नजिकै रेकडिङ स्टुडियो छ ।

जहाँ उनी आफ्नो अधिकांश समय बिताउँछन् । बिहान ८ बजेदेखि राति १० बजेसम्म वियोगी आफ्नो वेभ स्टुडियोमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने धुनको खोजीमा नै हुन्छन् ।

पार्टनरसिपमा दुई वर्षदेखि स्टुडियो चलाइरहेका वियोगी आफूले एरेन्ज गरेका हरेक गीतमा मिक्सिङ र मास्टरिङको काम पनि आफैँ गर्छन् । अहिले उनलाई थाहा छैन आफूले एरेन्ज गरेका र मिक्सिङ र मास्टरिङ गरेका गीतहरू कति पुगे भन्ने एकीन संख्या । तर, करोड क्लबमा पुगेका करिब १० वटा गीतहरु उनी मुखाग्रै भन्न सक्छन् । मंगलम फिल्मको पर्ख पर्ख मायालु र दीपक शर्माको शब्द तथा संगीतमा तयार पिरिम नलाउने जस्ता कैँयौ रोमान्टिक गीतमा जोडिन पाउँदा उनी निकै खुशी छन् ।

वियोगीलाई यो संयोग लोकप्रिय गीतकार तथा संगीतकार शर्माले नै जुराइदिएका हुन् । संगीतकार शर्मा र एरेन्जर वियोगी दुवै प्रतिभावान र पर्दा पछाडीका हिरो जसरी अहोरात्र आफ्नो संगीतिक धुन भर्ने लगायतका काममा व्यस्त भइरहँदा पनि उनीहरूको दैनिक भेटघाट अनामनगरमा नै हुन्छ । कयाैँ हिट गीतमा सहकार्य गरेका  संगीतकार शर्मा र एरेन्जर वियोगी दुवैले सांगीतिक क्षेत्रको संघर्षपछिको अहिलेको सफलतामा खुशी छन् । करोड क्लबमा आफ्ना गीतहरु जोडीन पाउनु भनेको आँफैमा ठूलो सफलता भएको वियोगी बताउँछन् ।

वियोगीलाई एउटा गीत एरेन्ज गर्न एक दिन लाग्छ । तर, कहिलेकाहीँ दुईदेखि तीनदिनसम्म पनि लाग्न सक्ने उनी बताउँछन् । उनीसँग वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार तथा गायक हरिवंश आचार्य,  संगीतकारहरु राजु सिंह, राजनराज सिवाकोटी, वसन्त सापकोटा, गैरे सुरेश, दीपक शर्मा, वरिष्ठ गीतकर कृष्णहरि बराल, भिम बिस्ट, मानसराज, ध्रुव बिस्को, शंकर थापा स्माइल, डिपी खनाललगायतका कलाकर्मीसँग काम गरेकाे अनुभव छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : १० बजे

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट