७ आश्विन २०८३, बुधबार | September 23, 2026

माडीको परशुराम कुण्डमा स्नान सुरु



भरतपुर । चितवनको माडीस्थित परशुराम कुण्डमा मङ्गलबारदेखि स्नान सुरु गरिएको छ । विशेषगरी चैते दशैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो ।

स्नानका लागि आवश्यक व्यवस्था मिलाइएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिं गुरुङले जानकारी दिए । कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सफाइ गरिएको उनले बताए । कुण्डसम्म जान खोला एवम् चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सफाइ एवम् गारेटो मर्मत गरिएको हो । सरसफाइमा स्थानीय, वडा सञ्जाल, टोलविकास समूह एवम् युवा क्लबले सहयोग गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटो बाटोसमेत भत्किएको थियो । झाडी र पहिराले पुरिएको स्थान एवम् कुण्ड सफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताए । गोद्धकमा यही चैत १३ देखि १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुँदै छ ।

प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णबाट सङ्गीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सिनाले जानकारी दिए । यज्ञसँगै गोद्धक मेलामा विभिन्न कक्षसहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गङ्गा भुसालले जानकारी दिए ।

प्राचीन किंवदन्तीअनुसार यहाँ भगवान् परशुरामले तपस्या गर्नुभएको थियो । परशुरामले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष ९पाप पखाल्न० गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास छ । धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजन उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । परशुराम कुण्ड बस्तीदेखि करिब चार किलोमिटर जङ्गलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११