२९ असार २०८३, सोमबार | July 14, 2026

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए



काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।

कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।

कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आवद्ध भएका छन् । कोषले हालसम्म रु ३० अर्ब ११ करोड योगदान सङ्कलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई रु तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।

पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ ।

औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आवद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो ।

कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ३ : २६ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस