२९ असार २०८३, सोमबार | July 14, 2026

बुटवलको क्यू बक्स दोस्रो वर्षमा प्रवेश



बुटवल । बुटवलको मिलन चोक स्थित बुटवल सिटी सेन्टरको छैटौं तल्लामा संचालित क्यू बक्स सिनेमाले आफ्नो संचालनको एक वर्ष पूरा गरेको छ ।

गत वर्ष आजकै दिन बुटवलका लब्ध प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, पत्रकार आदिको उपस्थितीमा नेपाली तथा भारतिय चलचित्रको विशेष प्रदर्शनी गरि यस सिनेमा हलको शुभारम्भ गरिएको थियो ।

त्यसैको भोलीपल्टै अत्यन्तै चर्चित भारतिय चलचित्र आर आर आर को व्यासायिक प्रदर्शन शुरु भए पश्चात विगत एक वर्षमा यहाँ नेपाली, अंग्रेजी र भारतिय गरि कुल ९२ वटा चलचित्रहरु प्रदर्शन भएको भएको संचालक महेन्द्र नारायण श्रेष्ठले बताए ।

हालसम्म १ लाख, १४ हजार ११५ जना दर्शकहरुले यहाँ चलचित्रको मज्जा लिएको उनले बताए । विगत एक वर्षमा व्यावसायिक रुपमा यस हलका सबैभन्दा सफल चलचित्रको रूपमा नेपाली चलचित्रहरु क्रमशः कबड्डी ४, छक्का पञ्जा ४ र भारतिय चलचित्र के जि एफ. २ रहेको अर्का संचालक धनबहादुर खत्रीले बताए । यो एक वर्षमा दर्शकहरुबाट अपार प्रेम, साथ र सद्भाव पाएको र आगामी दिनमा पनि दर्शनको अझ बढी साथ पाउने बिश्वास रहेको संचालक खत्रीले बताए ।

१९६ सिट क्षमताका दुईवटा अत्याधुनिक अडिटोरियम सुविधा समेत रहेको । साथै विभिन्न ५७ प्रकारका अत्यन्तै स्वादिष्ट खाद्य तथा पेय पदार्थको मज्जा पनि लिन सकिन्छ । स्थापनाकाल देखिनै यस सिनेमाहलको व्यवस्थापनको जिम्मा नेपालकै दोश्रो ठुलो सिनेमा चेन व्यवस्थापक आई। एन आई सिनेमाजुले गर्दै आएको छ ।

यसले व्यवस्थापन जिम्मा लिएका सिनेमाहल बुटवल बाहेक काठमाडौं, पोखरा र चितवनमा पनि संचालनमा छन् । साथै वार्षिक उत्सवको अवसरमा चैत्र २४ गतेका दिन चलचित्र हेर्न आउने सम्पूर्ण दर्शकहरुलाई विषेश उपहार तथा लक्की ड्र मार्फत गिफ्ट भाउचर जित्न सक्ने व्यवस्था गरिको छ ।

हलको बुटवलका व्यवसायीहरु महेन्द्र नारायण श्रेष्ठ, धन बहादुर खत्री, अमित रत्न बज्राचार्य तथा जनिज नारायण श्रेष्ठको सोच एवं संयुक्त लगानीमा संचालिनमा आएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : ४५ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस