२८ चैत्र २०८२, शनिबार | April 11, 2026

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख


११ चैत्र २०७९, शनिबार  

351
Shares

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्छन । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् ।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा रु डेढ लाखभन्दा बढी आम्दानी भएको बताए । हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । रु सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए ।

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ । लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ४२ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र