४ पुस २०८२, शुक्रबार | December 19, 2025

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप विग्रनबाट जोगाउन र मुलुक भित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने बताएका हुन् ।

“विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरुले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ,” उनले भने।

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

“सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक वित्तिय संस्था पनि निजी क्षेत्रकै अंग हुन । बैंक वित्तिय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थीरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन,” उनले भने “यसका समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।”

महासंघको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको प्रसंग उठाउँदै उनले यसले महासंघलाई थप एकतावद्ध भई सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताए ।

“आजको यस प्रदेशको निर्वाचन सकिएसँगै ७ वटै प्रदेशमा महासंघको नयाँ नेतृत्व चयन भएको छ । यसले महासंघलाई बलियो वनाउनेछ । महासंघ जति वलियो हुन्छ त्यति नै अर्थतन्त्रमा पनि हामीले योगदान पुर्याउन सक्नेछौ,” उनले भने ।

उनले सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके सुदूरपश्चिममा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको