३० असार २०८३, मंगलबार | July 14, 2026

पृथ्वी राजमार्ग बन्द हुने समय थपियो



डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ ।

यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए । उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो । यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो ।

गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए । उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ५९ बजे

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज