२७ जेष्ठ २०८०, शनिबार | June 11, 2023

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा



भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था आर्ट अफ लिभिङ नेपालको आयोजनामा रामलला कथा प्रदशन (थिएटर प्रोग्राम) हुने भएको छ ।

यही चैत्र २३ सिद्धार्थ नगरपालिकामा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको भवनमा कार्यक्रममा हुने भएको हो ‌।

नाटकिय स्वरूपमा भारतका प्रखर कलाकारहरूले रामायण कथामा आधारित अद्वितीय प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ । कलाकार, संगीतकार, बाध्य बाधन गरी जम्मा १८ जनाको टोलीले प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ ।

वर्तमान समयमा समाजमा भएका विभिन्न विकृति हटाउने र मानव जिवनको महत्वको विषयमा जानकारी दिई समाज सुढृकरणमा मद्दत पुग्ने विश्वास सहित कार्यक्रमको आयोजना गरिएको आर्ट अफ लिभिङ नेपालका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले बताए ।

आर्ट अफ लिभिङ नेपाल रूपन्देहीका संयोजक दिपेन्द्र प्रधानका अनुसार विगत लामो समयदेखि नै यो संस्थाले शारिरीक र मानसिक स्वास्थ्य संगै आध्यात्मिक ज्ञान बाढ्दै समाजमा अपनत्वको भावना सृजना गरेको र यस कार्यक्रमले थप सहयोग पुग्ने बताए ।

रामलला कथामा सहभागी हुनको लागि प्रत्येक व्यक्तिले रू १ हजार मुल्य बराबरको सहयोग स्वरुप टिकट खरिद गर्नुपर्ने छ । करीब ४ सय जना सहभागीको लागि टिकटको व्यवस्था गरिएको छ ।

सहयोग स्वरुप लिईएको रकम निर्माणाधीन अवस्थामा रहेको सिद्धार्थ नगरपालिका को उद्य्यो पुरी, बुद्ध कोलोनीमा रहेको आर्ट अफ लिभिङ को भवनको निर्माण सम्पन्न गर्न प्रयोग गरिनेछ भने केही अंश सामाजिक कार्यको लागि खर्च गरिने छ ।

त्यस लगत्तै नेपालको राजधानी काठमाडौं, सुन्दर सहर पोखरा, चितवन र विरगंजमा समेत हुने छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : १७ बजे

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु

प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान