३० असार २०८३, मंगलबार | July 14, 2026

बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना



कमलामाई । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।

सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिका (कनपा) भित्र रहेको राजमार्ग क्षेत्रमा फोहर गर्नेलाई कारबाहीस्वरूप जरिवाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिए ।

“बोमिट ब्याग’ फ्याँक्नेलाई रु पाँच सय, जङ्कफुडका खोल फ्याँक्नेलाई रु तीन सय ५० र अन्य फोहर फ्याँके रु दुई सय जरिवाना तोकिएको छ”, उनले भने । उनका अनुसार प्लास्टिकका बोतल, पराग गुट्खा, जङ्कफुडका खोललगायत अन्य मानवजन्य फोहरका कारण राजमार्गको सुन्दरतामा असर परेको छ । मानवजन्य फोहरको उचित व्यवस्थापन गर्नु आजको चुनौती भएको उनले बताए ।

कनपाले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर साप्ताहिकरूपमा नियमित बृहत् सरसफाइको अभियान गत शुक्रबारदेखि सुरु गरेको छ । ‘आफूसँग भएको फोहर समुचित ठाउँमा राखौँ’, ‘सभ्य नागरिकको परिचय दिउँ’ ‘सुन्दर बिपी राजमार्ग सफाइ अभियानमा सहभागी बनौँ’ भन्ने मुख्य नाराका साथ सुरुआत गरिएको यस अभियानको पहिलो दिन राजमार्गअन्तर्गत रहेको माझिटारदेखि हिरापानीसम्म सरसफाइ गरिएको थियो ।

जापान सरकारले निर्माण गरिदिएको बिपी राजमार्गमा दैनिक हजारौँ सङ्ख्यामा सवारीसाधन चल्ने गरेका छन् । उक्त सवारीका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्गको सुन्दरता बिग्रन थालेको छ । दीगोरूपमा राजमार्गलाई सफा र सुन्दर राख्न प्रत्येक सवारी साधनमा अनिवार्य डस्टबिनको व्यवस्था हुनुपर्ने तथा सवारीका यात्रु र स्थानीयवासीमा चेतनाको विकास गर्न आवश्यकता रहेको सम्बन्धित सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ३९ बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको