काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् ।
अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ती युवा आज ५ हजार धरौटी बुझाएर रिहा भएका हुन् । रिहा हुनेमा बागलुङका ३० वर्षीय सोम शर्मा, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएपछि १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।



















प्रतिक्रिया