३ आश्विन २०८३, शनिबार | September 19, 2026

राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते



बुटवल । राईड टु रानीमहल सिजन ३ हुने भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते हुने भएको हो । साईकिलिङ संघ रुपन्देहीले मंगलबार बुटवलको जितगढी किल्लामा पत्रकार सम्मेलन गरि राईड टु रानीमहल सिजन ३ को जानकारी दिएको हो ।

साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

२०७८ मा कोरोनाले रोकिएको कार्यक्रम तेस्रो सस्करण २०७९ मा गर्न लागिएको बताउदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम शुरु गरि ८ बजे जितगढीबाट हिड्ने बताए ।

काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट ९५ जना साईकलिस्टहरुको सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए । उनले राइड टु रानिमहलमा सहभागीगरुलाई ईन्ट्री फि २५ सय राखिएको बताउदै सोही रकमबाट प्रति ब्यक्ती २ लाखको दुर्घटना बिमा गरिएको पनि जानकारी दिए । करिब १२० किलोमिटर लामो कार्यक्रम सञ्चालन गर्न साढे ५ लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले खेल, स्वास्थ्य र पर्यटन संग जोडिएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्ष देखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले शुरक्षाको बारेमा ध्यान दिन आग्रह गरे ।

जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसंग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।

राईड टु रानिमहलमा पुष्कर शाह विश्व साइकलयात्री प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम सम्योजक रिन्जी थापाले जानकारी दिइन । कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई लगायतले बोलेका थिए ।

पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो । प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्री, साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापा, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई, कार्यक्रम सम्योजक रिन्जी थापाले संयुक्त रुपमा टिसर्ट सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ५० बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२