२७ जेष्ठ २०८०, शनिबार | June 11, 2023

एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुने



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोा सरकारमा पठाउने भएको छ।

प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो  ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतस् आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : १२ बजे

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु

प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान